आज १८ जनामा कोरोना पुष्टि, २६७ पुग्यो संख्या

जेठ ०२,

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौ, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पतालमा, नेपालगंजमा गरिएको परिक्षणमा ९ जना थपिएका हनु ।

आजै बिहान ९ जनानै संक्रमित थपिएका थिए ।
आहिले राती ८ १५ बजे कोरोना पुष्टि हुनेमा पर्सा, विरगंज निवासी ९ र १० वर्षीय बालक, २३, ४७, वर्षीय महिला, उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष रहेका छन् । त्यस्तै दाङको गढवा ४, ५ र तुलसिपुर ७ विवासी निवासी २३, ३६ , ३४ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको हो ।

यता काठमाडौं, सतुंगल निवासी ७ वर्षीय बालकमा कोरोना पुष्टि भएको छ । भने काठमाडौं माहानगरपालिकाका ३१ जना कमचारीको एन्टिबडी पोजेटिभ आएको छ । उनीहरुको पिसिआर रिपोर्ट भने आएको छैन ।
आज पुष्टि भएको सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको र सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवाक्त समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।