लिखु तामाकोसीमा तेल बोकेको ट्याङकर दुर्घटना

जेष्ठ २

रामेछाप । गएराती रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ५ नागदहमा तेल बोकेको ना २ ख ५१०३ नम्बरको ट्याङकर दुर्घटनामा परेको छ ।


उक्त ट्याङकर जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं १ मा संचालित लिखु हाइड्रोपावरको रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख वसन्त पाठकले जनता भ्वाईसलाई जानकारी दिनुभयो । तेल बोकेर त्यसतर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो ।

चालकको लापरबाहिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएकाले चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिनुभएको छ । फोटो : आरती