भारतबाट आएका थिए बाँकेका कोरोना संक्रमित

जेठ ०२,

रामेछाप । शुक्रबार बिहान पुष्टि भएका बाँके जिल्लाका कोरोना संक्रमित भातरबाट भएको खुलेको छ । आज बिहान त्याहाँ ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


मुख्य मन्त्री शंखर पोखरेलले पुष्टि भएकाहरु भारतबाट आइ क्वारेन्टाईनमा बसेकाहरु रहेको जानकारी दिनुभएको हो । उहाँले भारतले रेल यात्रा संचालन गरेका कारण नेपालमा कोरोनाको जोखिम देखिएको पनि समाजिक संजालमा उल्लेख गर्नुभएको छ ।

आज बिहान ८ बजे त्याहाँका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या २ सय ५८ जना पुगेको छ । हाल सम्म ३५ जना निको भएर घर फर्किएका छन् ।