कम्युनिष्टहरुको नैतिकताको साङ्लो मजबुद छैन

हिजो

हामीले हिजोको दिनमा नेपाल कम्युनिष्ट पार्टीको राजनीति सुरु गर्दा निकै नै कठिन अवस्था थियो । अझ मेरो सन्दर्भमा भन्दा त केटाकेटी उमेर देखि नै राजनीतिमा प्रवेश गर्ने अवस्था बन्यो । करिब ३० को दशकको मध्यबाट नेपाली राजनीतिमा प्रवेश गरेको हुनाले त्यतिबेला हामी आफूलाई निष्ठाको राजनीति गर्नुपर्छ भनेर बुझ्थ्यौं । मलाई मेरो पार्टीले के दिन्छ भन्दा पनि मैले पार्टीलाई के दिन्छु भन्ने ठान्थ्यौं । जुनदिन मेरो निष्ठाको बिचारको नीतिलाई अबलम्बन गरिन्छ, त्यो दिन मेरो देशको मुहार उज्यालो हुन्छ भन्ने सपना देख्ने गथ्र्याैँ ।

आफूले बुझेका कुराहरुलाई व्यवहारमा अक्षरशः लागु गर्ने हाम्रो त्यो बेलाको परिपाटी थियो । हामीले जतिधेरै पार्टी अनुशासन, व्यवहार र आचरणलाई बुझ्दै जान्थ्यौं त्यति नै हामीलाई पार्टी पत्तिंमा सशक्त बनाएर उभ्याइन्थ्यो ।


जब त्यो बेला हामी हाम्रो संगठनको बैठक सुरु गथ्र्यौं, त्यस बेलामा हामीले आआफूलाई संच्याउन र निखार्नको लागि आत्मआलोचना गर्ने गरिन्थ्यो । हामीले सिकेको राजनीति र त्यो बेलाको बुझाईमा निक्कै नै उज्यालोपना थियो, जो हामीले अबलम्बन गर्न सकेका थियौं ।
यहाँनेर मलाई हिजोको समयको निकै मिठो याद समेत आउँछ । त्यो बेला पार्टीको बैठक भनिसकेपछि निर्धारित समयमा नै उपस्थिति हुने कडा खालको अनुशासन थियो । त्यसबेलाको सिकाई र भोगाईले हामीलाई निकै उर्जाशील र प्रतिबद्ध रुपमा उभ्याएको थियो । मैले राजनीति सुरु गर्दा र मैदानमा खट्दै गरेको त्यो अवस्थमा हामी निकै नै अध्ययनशील थियौं । पार्टीले जारी गरेका विभिन्न बुलेटिनहरु लगायत पार्टीले अध्ययन गराउने जुनसुकै पाठ्यवस्तुहरु हामी मनलगाएर पढ्थ्यौं । आफूले बुझेका कुराहरुलाई व्यवहारमा अक्षरशः लागु गर्ने हाम्रो त्यो बेलाको परिपाटी थियो । हामीले जतिधेरै पार्टी अनुशासन, व्यवहार र आचरणलाई बुझ्दै जान्थ्यौं त्यति नै हामीलाई पार्टी पत्तिंमा सशक्त बनाएर उभ्याइन्थ्यो ।


कम्युनिष्ट कार्यकर्ताले जाँड रक्सी खानु हुँदैन, व्यभिचार गर्नु हुँदैन, अर्कालाई ठग्नु हुँदैन भन्ने सिकाई हामीलाई प्राप्त भएको थियो । पार्टीले हामीलाई समाजमा स्थापित हुन र संघर्षगर्ने पाटोमा निकै धेरै सिकाएको थियो । त्यो बेलाका प्रहरीहरुले जाँड रक्सी पनि खाँदैन, जुवातास पनि खेल्दैन, व्यभिचार पनि गर्दैन भनेपछि त्यो त कम्युनिष्ट नै हो भन्ने हाम्रो परिचय नै बनेको थियो ।


आज

५० को दशकबाट राजनीतिमा आएका भाइहरुले जुन अध्यात्मलाई घृणा गर्छौं, त्यो घृणाको पछाडिको कारण के छ भनेर केलाउने कोसिस नै गरेनन्…


हिजोको त्यो सघन अवस्थाबाट गुज्रिएर आएका आजका हामी कम्युनिष्ट मेयो बिनाका गोरु भएका छौं । चुरो नै गतिलो नभएको आजको अवस्था हो । संगठन, प्रशिक्षण र अनुशासन आजका कम्युनिष्ट नेतृत्व र कार्यकर्ता तहमा नभएको अवस्था हो । इतिहासकै निकै नै शक्तिशाली आजको सरकारले आफू कम्युनिष्ट हुनुको भाव देखाउनै सकेन । सत्तामा पुगेका नेतृत्वको सम्पत्ती सार्वजनिकीकरण, भूमिमाथिको एकाधिकारको अन्त्य र पुँजीको सही व्यवस्थापन गर्न सकेको भए जनस्तरमा विश्वास र हामीजस्ता दुःखबाट पार्टी नेतृत्वलाई माथि पु¥याएका कुनाका कार्यकर्ताहरुलाई पनि केही शकुन मिल्ने थियो । तर अहिले ५० को दशक भन्दा पछाडि राजनीतिमा आएका भाइहरुलाई राजनीति गर्ने बारे कसैले सिकाएन । ५० को दशकबाट राजनीतिमा आएका भाइहरुले जुन अध्यात्मलाई घृणा गर्छौं, त्यो घृणाको पछाडिको कारण के छ भनेर केलाउने कोसिस नै गरेनन्…
(यो आलेखलाई आन्तर्वार्ता कर्ता सुवेदीसँग अनौपचारिक समयमा गरिएको कुराकानीका आधारमा तयार पारिएको हो । – प्रधान सम्पादक)