धुलिखेल अस्पतालमा कोरोना संग मिल्दो जुल्दो लक्ष्ण भएकी सुत्केरी महिलाको मृत्यु

जेठ ३
रामेछाप । काभ्रेको धुलिखेल अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । त्यहाँ अहिलो उच्च सतर्कता अपनाइएको छ ।
सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको गएको बिहिबार राती मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिनुभयो ।

ती महिलाले ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यसपछि घर फर्कीएकी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो ।

उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको र रिपोर्ट आउन बाँकी रहेको काभ्रेका जनस्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले जानकारी दिनुभयो । file photo