कोरोना नियन्त्रणमा नआएपछि स्वास्थ्य मन्त्रीले दिए राजीनामा

३ जेष्ठ,

काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा नआएपछि ब्राजिलका स्वास्थ्यमन्त्री नेल्सन टेचले राजीनामा दिनुभएको छ ।

करिब एक महिनाअघि मात्र नियुक्त हुनुभएका मन्त्री टेचले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै राजनीनामा दिनुभएको हो ।

कोरोनाको महामारी नियन्त्रणमा आउन नसकेपछि राष्ट्रपति जयर बोल्सनोरोले समेत मन्त्री टेचरको आलोचना गर्नुभएको थियो । तर स्वास्थ्य मन्त्री टेचरले आफ्नो राजीनामापत्रमा कुनै कारण भने नखुलाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । ऐजेन्सि