नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुग्यो

जेठ ४,

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार थप १० जनामा संक्रमण पुष्टि भएको हो ।

पुष्टि भएकामा रौतहट, राजपुर नगरपालिका फरदहवा-९ का ७ जना र इशनाथ नगरपालिका वडा नम्बर ३ र ५ मा ३ जनासहित जिल्लामा एकैदिन १० नयाँ स‌क्रमित भेटिएका हुन्‌ ।