बाँकेमा मृत्यु भएका युवाको कोरोनाबाट मृत्यु भएको पुष्टि

जेठ ०४,
रामेछाप । आज बिहान बाँकेमा मृत्यु भएका २५ वर्षीय युवाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

उनी क्वारेन्टाइनमा बसेका थिए । नरैनापुर गाउँपालिकाको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान उनको मृत्यु भएको थियो ।
उनी गत वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । उनलाई वाकवाकी लागेको थियो ।

योसंगै नेपालमा कोरोनाबाट मृत्यु भएकहरुको संख्या २ पुगेको छ । फाइल फोटो