लकडाउनको कारण गाईपालक कृषक थला पर्दै (भिडियोसहित)

जेठ ४,

रामेछाप । कोरोना भाइरस (कोभिड १९) को महामारीकारण मन्थलीकागाईपालककषकहरु मर्कामा परेको बताएका छन् । आनन्द पशुपालन तथा कृषि फर्म सोलमारी मन्थलीका गाईपालक कृषक केशर पौडेलले यस्तो गुनासो गरेका हुन् ।


आइतबार जनताभ्वाइससँग कुरा कुराकानीगर्दै पौडेलले, ‘लकडाउनका कारण आफ्नो फर्मबाट उत्पादनहुने दैनिक १ सय ५० लिटर दूधबजारमा बिक्न सकेको छैन । आफूले उत्पादन गरेको दूधमन्थलीमा रहेका २ वटा निजी डेरीहरुले पनिपालो गरेर लिने गरेका कारण एक छाकको दूधनियमित रुपमाखपतहुन सकेको छैन ।’
पौडेल जस्तै मन्थलीका अन्यगाईपालक कृषकहरुको पनिउही समस्या रहेको छ । पौडेलले ४ वर्ष अघिदेखि संचालनमाल्याएको उनको निजीगाईफर्ममा हाल ‘होलस्टेन’प्रजातिका १४ वटा गाईहरु रहेका छन् । लकडाउनको कारण आफूले ४ वर्ष अघि नै १२ लाखलगानी गरेर खोलेको गाइफर्मबाट उत्पादितदूधनबिक्दाआजमहिनाको करिब १ लाख रुपैयाँ घाटा व्यहोर्नु परेकोहामीसँगको अनौपचारिक कुराकानीको क्रममा बताएका छन् ।

हालदूधनबिकेका कारण आफुहरुको व्यवसायलाई राहतदिन र सजिलो बाटोका लागि सहजिकरण गरिदिनजिल्लाप्रशासनकार्यालय, रामेछापमा जाँदा समेत कुनै सहज बाटोको सुनुवाई नभएकोमा पौडेलले दुखेसो व्यक्त गरेका छन् ।


यस सम्बन्धमाउनी भन्छन्, ‘यत्रो लगानी गरेर गाईपालन गरेका हामी कृषकहरुलाई यतिबेला राहतको जरुरत छ । सटर तानेर पसलबन्द गर्ने जस्तो सजिलो व्यवसायहाम्रो होइन ।जिउँदागाईहरुलाई खाना चाहिन्छ । दूधनबिक्दादाना कसरी खुवाउने ?हामीले प्रमुखजिल्लाअधिकारीलाई हाम्रो समस्याको बारेमा बताउँदाउहाँले खासै केही गर्न नसकिने बताउँदा मन निकै अमिलो भयो ।’

करिब २ महिना अघिदेखि जारी लकडाउनको कारण देशको अर्थव्यवस्था सँगै कृषितथापशुपालनमापनि डरलाग्दो मन्दी देखिनथालेको छ । हाल सम्म ३० लाखजतिको लागतफसाइसकेका पौडेलले छाको १ सय ५० लिटर दूध घरमै व्यवस्थापनहुननसक्दापनिर, दहीलगायतका परिकारहरु बनाउने गरेका छन् ।


उनी भन्छन्, ‘बजारमा ७० रुपैयाँ पर्ने एक लिटर दूध मैले आफूखुशी ४० रुपैयाँमा बेच्दापनिग्राहकहरुलेनियमितखानेभन्दा बढी नखाने रहेछन् । ४० रुपैयाँ प्रतिलिटर दूधपाउँदा त २ लिटर खान्छन् भन्ने हाम्रो अनुमानगलत सावितहुँदो रहेछ । ४० रुपैयाँमा १ लिटर दूधपाउँदाअर्को ४० रुपैयाँखर्च ग्राहकले नगर्ने रहेछ ।’
आफूहरुको लगानीमा सम्बन्धितपक्षले आर्थिक राहतदिनुपर्ने पौडेलको धारणा छ ।

बाँकी भिडियोमा :