तामाकोशीमा डुबेर बेपत्ता भएकी बालिका फेला

जेठ ५,

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीस्थित तामाकोशीमा डुबेर बेपत्ता भएका बालिका फेला परेकी छिन् । ओखलढुङगा घर भएकी १२ वर्षीय रोसिका तामाङ मावला दोलखा जिल्ला हिड्दै गर्दा तामाकोशी नदिमा पौडी खेल्ने क्रममा बिहिबार बेपत्ता भएकी थिईन् ।

आज (सोमबार) करिब ५ : २० बजेको समयमा उनको शब ५ दिन पछि फेला परेको हो । उनको शब आकाशे स्थित मंगलादेवी नजिकै घटना स्थलबाट २ किलोमिटर तल फेला परेको छ।