सिन्धुलीमा २० जनामा आरडिटि पोजेटिभ

जेष्ठ ५ ,सम्झना श्रेष्ठ,

सिन्धुली । सिन्धुली अस्पतालमा आज गरिएको र्यापिड डायग्नोस्टिक टेस्ट अर्थात् आरडिटि टेस्टमा २० जनाको पोजेटिभ देखिएको छ ।

अस्पतालमा कार्यरत् चिकित्सक तथा कर्मचारी लगाएत अन्यकोे परिक्षण्मा २० जनामा पोजेटिभ देखिएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेले बताउनुभयो । उक्त टेस्टमा अस्पतालका कर्मचारी १२ जना र अन्य गरि २० जनामा पोजेटिभ देखिएको अध्यक्ष पोखरेलको भनाई छ ।

आज जम्मा १५९ जनाको आरडिटि गरिएको अस्पतालका कोभिड–१९ फोकल पर्सन प्रशन्न राजभण्डारीले बताउनुभयो । आज आरडिटि पोजेटिभ देखिएकाहरुको स्वाव संकलन गरि कोरोेना परिक्षणका लागि प्रादेशिक अस्पताल हेटौँडा तथा काठमाडौँ पठाउने बताइएको छ ।

यसैबिच हिजो कोरोना परिक्षणका लागि ४ जनाको स्वाव प्रादेशिक अस्पताल हेटौँडा पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको समाचार छ ।