२४ वर्षका युवामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ सय ५ पुग्यो

जेठ ०५,

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५ जना पुुगेको छ । मोरङ्गको रतुवामाई नगरपालिकाका २४ वर्षका पुरूषमा संक्रमण पुष्टि भइको हो ।

उनको सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा स्वाब परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । आज बिहान मात्रै थप ९ जनामा संक्रमण पुष्टी भएको थियो ।


अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् । ५ जना देशका विभिन्न जिल्लाका पत्रकाहरुमा पनि कोरोना पुष्टि भएको छ ।