३ सय ४ पुग्यो नेपालमा कोरोना संक्रमितको संख्या

जेठ ०५,
रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । आज ९ जना कोरोना संक्रमित थपिएका हुन ।
रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधव नारायण नगरपालिका ३ की २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बाराको करैयामाई– ५ निवासी ३८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनीहरुको सबै स्वस्थ्य कर्मीको निगरानीमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएरर घर फर्किएका छन् ।