नक्सामा फेरिएको मेरो देश


जब नेपालको केन्द्रीय मन्त्री परिषद्को बैठकले हिजो लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नक्सा पास गर्यो, तब आम नेपालीहरूलाई ‘केटाकेटीलाई दशै आएको’ जस्तो भएको छ । सबै नेपालीहरूमा खुसीको सीमा नाघेको छ । हामी नेपालीहरुमा छिटै खुशी हुने र छिटै दु्ःखी हुने आम चरित्रगत विशेषता छ ।

हुनत, अरूले भोगचलन गरेको भू–भागलाई आफ्नो नक्सामा समेट्नु चानचुने कुरा हैन नै? तर, यहाँ प्रश्न हजारौं हजार छन्

हुनत, अरूले भोगचलन गरेको भू–भागलाई आफ्नो नक्सामा समेट्नु चानचुने कुरा हैन नै? तर, यहाँ प्रश्न हजारौं हजार छन् । यदि त्यो ठाँउ हाम्रो हुँदाहुँदै किन हिजाका दिनहरुमा जारी हुने नक्सामा त्यो ठाउँलाई समेटिएन ?
भारत आफूले मनमौजी उत्तरी चीनसँग व्यापारीका सहकार्यका खातिर राजमार्ग बनाउँदासम्म सरकार कुन निरो बनेर बाँसुरी बजाइरहेको थियो ?
आफ्ना पिता पुर्खाको छाला नचिन्ने पनि कुनै छोरा हुन्छ र ?

त्यस्तै, आफूले भोगचलन गरिरहेको माटो नचिन्ने पनि जग्गा धनी हुन्छ र ? यस्ता प्रश्नको उत्तर दिने सामथ्र्य कसले राख्ने ? यसमा सत्ता पक्ष र प्रतिपक्षको आ–आफ्नै तर्क छ । मलाई ताजुब लाग्छ, देशको सीमाना र भूमि प्रति पनि पक्ष र प्रतिपक्षको तर्क सुन्दा ।

के सरकारका पक्षधर हरूलाई देश नचाहिएको हो ? जुन देशमा राज्य गरिरहेको छ त्यही देशको माया उसलाई छैन भने उसलाई यो देशमा शासन गर्ने अधिकार पनि छैन । यो आम नेपालीको आवाज हो । नचाहिने तर्क र खडुष विचारले कहिले सम्म सत्ता टिकाउन सक्छन् अन्ध भक्तहरूले ?

हामी अर्थात् म । यो सरकारको विरोधमा यो पंक्तिकार लेखिरहेको छैन । समकालीन प्रसङ्ग जोड्न खोजेको मात्र हो । आफ्नै छोराहरूलाई आफ्नै बाउले दिएको अंशमा पनि सीमाना पितिक्क मिचिँदा भाइभाइको काटाकाट्

सरकारको चिन्ता यतिखेर सरकार आफैलाई भन्दा पनि मोफसलमा रहेका झिना मसिना म जस्ता कार्यकर्तालाई छ । ‘कौवालाई बेल पाक्यो हर्ष न बिस्मात्’ भनेझैं केही नपाउनेहरु पनि सामाजिक सञ्जालमा सरकारको समर्थनमा बुरूक बुरूक उफ्रि रहेका छन् । बडो अचम्मको कुरा यो छ कि सही र गलत छुट्याउन पनि नसक्ने विवेकहीनहरूले अनावश्यक कु–तर्क नगर्दा पनि हुने हो ।
हामी पनि सरकारको विरोध गर्नु पर्छ भन्ने मान्यताका पक्षपाति होइनौँ । तर सहीलाई सही र गलतलाई गलत भन्न सक्ने मन बोकेर चाहिँ हिँडेका छौ ।

“हामीले इतिहास रच्यौ, अब लोकसेवामा यो सरकारले देशको नक्सा जारी गरेको मितिको प्रश्न बन्नेछ ।”

हामी अर्थात् म ।
यो सरकारको विरोधमा यो पंक्तिकार लेखिरहेको छैन । समकालीन प्रसङ्ग जोड्न खोजेको मात्र हो । आफ्नै छोराहरूलाई आफ्नै बाउले दिएको अंशमा पनि सीमाना पितिक्क मिचिँदा भाइभाइको काटाकाट् हुन्छ । यो त एउटा छुट्टै स्वायत्त र सार्वभौम मुलुकको सीमाना अर्को छुट्टै मुलुकले मिचेको छ । हामी खुसीका साथ नक्सा बनायौ भनेर हर्षबढाइँ गरिरहेका छौँ । आखिर कागजमा आफ्नो देश भेट्दैमा संसार जित्यौ त हामीले ?
पर्यटन मन्त्री भन्छन्, “हामीले इतिहास रच्यौ, अब लोकसेवामा यो सरकारले देशको नक्सा जारी गरेको मितिको प्रश्न बन्नेछ ।”
हो यस्तै मान्छेले जो सरकारको हिमायती हुन्छ, उसले लोकसेवाको प्रश्न बनायो भने त यही एउटा मात्रै प्रश्न बन्ला । तर कृष्ण पहाडी जस्ता नागरिक समाजका अगुवाहरूले प्रश्न बनाए भने त यस्तो प्रश्न पनि त बन्न सक्ला–

“आफ्नो देशमा विदेशीले सडकमार्ग बनाएर उद्घाटन गर्दा पनि निदाउने सरकार कुन थियो ?”
तसर्थ, हामीले धेरै गल्ती गरिसकेका छौँ ।
तसर्थ साना कामको अब ठूलो मूल्याङ्कन हुनेवाला छैन । मैले यसरी तर्क पेश गरिरहँदा नक्सा पारित हुनु गलत थियो भनेको हैन । नेपाल सरकारले गरेको यो अत्यन्त अनुकरणीय, सम्माननीय, प्रशंसनीय र मननीय कार्य हो । तथापि नक्सामा देशलाई अटाउँदैमा संसारै भयो भन्ने छैन ।

नेपाल सरकारले गरेको यो अत्यन्त अनुकरणीय, सम्माननीय, प्रशंसनीय र मननीय कार्य हो

जिउदै भोकाएकी आमालाई पिण्डदान दिँदैमा अघाउँदिनन् । यो कार्य पनि यही हो । केही प्रगति हुँदै नहुनु भन्दा कमसे कम मेरो देश नक्सामा भए पनि जिस्किरहेको छ, आइ लभ माई नेपाल ।
आफ्नो आमाको छातिमा परदेशीले मोटर गुडाइरहेको छ । यसको कुनै कुटनीतिक पहल भएको छैन । तर, हामी सबै भइसकेको जस्तो गर्छौ । प्रधानमन्त्री बाटो भाडामा दिने कुरा गर्नुहुन्छ । यही पारा हो भने कुन दिन उहाँले देशै भाडामा दिने तर्क गर्नुहोला । अनि हामी सबै खुसीले गद्गगद् हुँदै ताली पड्काउछौँ।


आफ्नो भूमि फिर्ता माग्ने सम्म साहस र आँट नभएकाहरू डराइडराइ नक्सा बनाउँछन् ।
यो बेला नक्सा त हाम्रो बनिहाल्यो तर जमिन नै चाहिन्छ नै । मानौँ, कोही मान्छेको हत्या गरियो, हत्यारालाई मान्छे ल्याउन भनियो । उसले मृतकको फोटो ल्याएर दियो अब हामी खुसीले उफ्रदै ताली बजाउने ? मरेको मान्छे आयो आयो भन्दै नारा लगाउने ? हो, अहिले हाम्रो देशको अवस्था यही हो ।

मलाई मेरो देशको माटो चाहिन्छ भन्ने अधिकार सबै नेपालीलाई छ । तसर्थ मैले पनि मेरो सिङ्गो आफ्नै स्वामित्वको नेपाल मागेको हूँ


बिौनीमा, जसले जस्तोसुकै तर्क गरेपनि उम्दा ठाउँमा रहेकाहरू बाटै देशको बलत्कार भएको हो । यसमा अहिले सम्ममा सबै सरकार र सबै पार्टीले आफ्नो भागमा परेको अपराध स्वीकार्नु पर्छ ।
तर समस्या वर्तमानमा देखिएको र वर्तमान सरकार स्लो स्पिडमा हिँडेकाले यो सरकारले अलि बढी जिम्मेवारी लिनुपर्छ । मलाई मेरो देशको माटो चाहिन्छ भन्ने अधिकार सबै नेपालीलाई छ । तसर्थ मैले पनि मेरो सिङ्गो आफ्नै स्वामित्वको नेपाल मागेको हूँ । ब्वाँसा र हुँडारहरूलाई नपच्न सक्छ ।
राष्ट्र र राष्ट्रियता प्रति बफादार नहुनेहरू अझ चिच्याउन सक्नेछन् । त्यसको सामना गर्ने साहस लेखकले राख्ने छ ।
सत्य तितो हुन्छ ।

हामी सबैले पत्याइसक्यौँ । अब छिटोभन्दा छिटो नक्सामा भएकी हाम्री नेपाल आमालाई हाम्रै छातीमा निर्धक्क लम्पसार भएर सुत्ने वातावरणलाई यो सरकारले तयार बनाइदेओस् । हामी सबैको शुभेक्षा छ ।
जजनी जन्म भूमिश्च, स्वर्गादपि गरियसी ।।

उद्धव अविचल, मन्थली ५,