आज २७ जनामा कोरोना संक्रमण,४ सय २ पुग्यो स‌ंख्या ,

जेठ ६

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ ।

आज एकै दिन २७ जनामा कोरोना पुष्टि भएको हो । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाको नियमित मिडिया ब्रिफिङमा काठमाडौंमा ३ तथा भक्तपुर र ललितपुरमा एक एक जनामा संक्रमण पुष्टि भएको छ ।

थप २७ जनामा कोरोना भाइरस (कोभिड – १९ ) को संक्रमण पुष्टि भएको छ । त्यस्तै संक्रमित मध्ये उपत्यकाका ५ जना छन् । यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका १–१ जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका १ –१ जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् । हिजो एकै दिन ८० जनामा कोरोना पुष्टि भएको थियो ।