खाँडादेवीमा चाहिए जति धानको विऊ ५० प्रतिशत अनुदानमा

जेठ ०६,

रामेछाप । खाँडादेवी गाउँपालिकाले कृषकहरुलाई धानको विऊ ५० प्रतिशत अनुदानमा वितरण सुरु गरेको छ ।

मंगलबार गाउँपालिकाको वडा नं ३ साविकको भिरपानीबाट वितरण सुरु गरेको पालिकाकी उप प्रमुख मखमली श्रेष्ठले जनता भ्वाइसलाई जानकारी दिइन् । उनका अनुसार कृषकलाई आवश्यकता बामोजिम विऊ उपलब्ध गराइने छ । आजबाट सुरु भएको विऊ वितरण पालिकाभित्रका ९ वटै वडाका स्थानियहरुलाई वितरण गरिने छ ।

पालिकाले कोरोना भाइरस संक्रमणबाट हुन सक्ने भोकमरीलाई ध्यानमा राखी कृषि उत्पादनलाई जोड्दिएको छ । पालिका उपप्रमुख श्रेष्ठ भन्छिन् : “यो लकडाउन र कोरोना भाईरस (Covid-19 )को संक्रमण कहिले सकिने भन्ने अन्यौल भएको बेला बीउ वितरण गरियो भने पछि हुने भोकमरीको संभाव्य जोखिमबाट बच्न सकिन्छ ” पालिकाले आगामी आर्थिक वर्षमा कृषकमूखी कार्यक्रमलाई जोड्दिएको पालिका प्रमुख प्रेम तामाङले जनता भ्वाईससंग बताएका छन् ।