फेरी थपिए कोरोना संक्रमित,एकैदिन ८० जना,

जेठ ०६,

रामेछाप । नेपालमा कोरोना संक्रमित फेरी थपिएका छन् । सोमबार राती १० : १५ बजेको समयमा थप १८ जना नयाँ कोरोना संक्रिमित थपिएका हुन ।

सोमबार एकै दिन ८० जना कोरोना संक्रमित थपिएका हुन । नयाँ थपिएका बाँकेका २ जना, धनुुषा निवासी २ जना, खोटाङ हलेसीका एक जना पुरुष र बाँके निवासी १२ जना पुरुष, दैलेख आठबीस निवासी एक जना पुरुषमा कोरोना संक्रमित थपिए रहेका हुन ।

त्यस्तै सुनसरी जिल्लामा पनि पहिलो पटक कोरोना संक्रमण देखिएको छ । त्यस्तै झापामा पनि थप एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु सबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ ।