महिला पत्रकारहरुको आरडिटि टेस्ट गर्न संचार गृहहरुलाई आग्रह

सम्झना श्रेष्ठ, जेष्ठ ६

सिन्धुली । क्रियाशिल महिला पत्रकार WWJ सिन्धुलीको भिडियो कन्फेरेन्स मार्फत बैठक बसेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोनाको रोकथाम, सावधानि तथा व्यवस्थापनका लागि पत्रकार अझ अग्रपक्तिमा रहेर काम गर्नुपर्ने भएकाले आफ्ना समस्या, अप्ठ्यारा तथा जोखिमका विच गरिरहेको कार्यको वारेमा छलफल भएको छ । बैठकले महिला पत्रकारहरुको आरडिटि टेस्ट गर्न संचारगृहहरुलाई आग्रह गर्ने निर्णय गरेको WWJ सिन्धुलीका अध्यक्ष कृन्जला पुलामिले बताउनुभयो । बैठकले महिला पत्रकारहरुका लागि कोरोना विमा गर्ने, अफिस क्वारेन्टाइनको व्यवस्था गर्न सञ्चारगृह लाई आग्रह गर्ने, लगाएतका निर्णय गरेको छ ।