रंग नम्बर

लघुकथा
प्रकाश परिष्कार, मन्थली १, रामेछाप
ओम जय जगदीश हरे !………………..
पोल्टोबाट यो आवाजले मोवाइल उफ्रन थालेपछि सोतोपाटाकी आमैले चारमुखे थैली खोलिन र मोवाइलको स्वीच थिच्दै भनिन्– हिलो !
उनको आवाज उताको कानमा नपुग्दै उताबाट आवाज आयो –
पप्पु सोल्टी, बलेदादाले गम्भिर बरसिँह थापालाई टप्काउनको लागि भनेर पौनेखोका सुपारी दिनुभएको छ । म अहिल्यै चैतन्य मार्गको टि प्वाइन्टमा गएर सोल्टीलाई कुरेर बस्छु । तुरुन्तै गन लिएर आउपुग्नू है । तर ढिला गर्ने चैँ हैन नि ! बरु बन्टी, गाउँला, सन्ठी सबैलाई म तुरुन्तै खबर गरुँला ।
–के भनेको मैले त केही बुझिन नि ? नानी को बोलेको ? आफू त राँणीफुँणी बुढी परेँ, क्यै कुरो बुझ्दिन । आमैले भनिन् ।
–सेट्, साला रंग नम्बर पो । कप्स् पो हो कि ?
उतापटीको बोल्नेवालाले फोन काट्यो ।
–हैन ए ! बाबुले कल्लाई खोजेको ?
फोनमा टुँट्……..टुँट्……….. टँट्…….आवाज आइरह्यो ।