सुनकोशीमा वेपत्ता भएका दुई युवाको शव फेला

सम्झना श्रेष्ठ जेष्ठ ६, मंगलबार ,

सिन्धुली । सुनकोसी नदिमा पौडि खेल्ने क्रममा गत ४ गते बेपत्ता भएका दुई युवाको शव फेला परेको छ । आज सिन्धुली फिक्कल गा.पा.वडा नं ५ नारिम खोलाको दोभानमा १९ वर्षिय दिनेश बुढा क्षेत्रीको शव र वडा नं ५ पंचकन्या स्थित सुनकोशि नदिको किनारमा बर्ष २० को जनक बुढा क्षेत्री को शव भेटिएको सिन्धुली प्रहरीले जनाएको छ । उनीहरुको शव स्थानियले देखेपछि प्रहरीलाई खवर गरेका थिए । गत जेठ ४ गते उनीहरु फिक्कल गा.पा.वडा नं ४ कुईभिर स्थित सुनकोशि नदिमा पौडि खेल्ने क्रममा बेपत्ता भएका थिए । उनीहरु सुर्खेत पंचकोटी न.पा.७ घर भई हाल फिक्कल ४ खाङसाङ एरियामा काठको मिस्त्रि काम गर्दै आएका प्रहरीले जनाएको छ ।