कुन प्रदेशमा कति संक्रमित हेर्नुहोस्

जेठ ०७,

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या दैनिक २० जनाको हारहारीमा वृद्रि भएको छ । स्वस्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश ५ मा १ सय ७६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ मा १ सय ३६ जना,  प्रदेश १ मा ५४ जना,  वाग्मती प्रदेशमा २७ जना,  सुदूरपश्चिम प्रदेशमा ५ जना, गण्डकी प्रदेशमा ५ जना र कर्णाली प्रदेशमा १ जना गरी अहिलेसम्म ४ सय २ जनामा कोरोना पुष्टि भएको हो । सङ्क्रमितमध्ये दुई जनाको ज्यान गएको छ भने ३७ जना उपचार पछि निको भएका छन् । हालसम्म ३८ जिल्लामा कोरोना फैलिदा सातै प्रदेशमा यसले आत्ङका मच्चाएको छ ।

तथ्यांक हेर्नुहाेस्

स्वस्थ्य मन्त्रालयको web बाट