कोरोना पुष्टि भएका रामेछापका पुरुषको पहिचान खुल्यो : खाँडादेवी राकाथुमका स्थानिय भएको पुष्टि

जेष्ठ ७,

रामेछाप । मंगलबार कोरोना पुष्टि भएका रामेछापका एक पुरुषको पहिचान खुलेको छ । उनी जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुमका घर भएका स्थानिय छन् । २३ वर्षे ती युवामा गत मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयमा प्रवक्ता डा विकास देवकोटाले उनलाइ कोरोना संक्रमण भएको सार्वजनिक गरेका थिए ।

संक्रमित ती युवा करिब डेढ महिना अघि राकाथुमस्थित घरबाट बैशाख ३० गते काठमाण्डौ गएको थिए । मंगलबार कोरोना पुष्टि भएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट १५ जना स्वास्थ्या कर्मीसहितको टिम त्यहाँ पुगेर उनको सम्पर्कमा आएकाहरुलाइ क्वारेन्टाइनमा राखीएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा.जितेन्द्र कर्णले जानकारी दिए ।

अहिले उनको काठमाडौंको टेकु अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।

उनका अनुसार १५ जनाको स्वाब संकलन गरि काठमाण्डौ पठाइसकिएको छ । मंगलबार उनीसंगै ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने रामेछापमा उनीसहित २ जना पुगेको छ । हाल सम्म नेपालमा ३६ जना कोरोनालाइ जितेर घर फर्कीएका छन् ।