मेरो चरित्रमाथी शंका र उपशंका गरी गरी

  • बेक्कार शंका गर्छन पति ,बिदेशमा बसेर।
    बुझ्दैनन सम्झाउछु कति ,बिदेशमा बसेर।
  • जे छ खाउला सँगसगै रमाउला भन्दा नि
    उतै खर्च गर्छन भए जती ,बिदेशमा बसेर।
  • मेरो चरित्रमाथी शंका र उपशंका गरी गरी
    सम्झिन्छन जवान श्रीमती ,बिदेशमा बसेर।
  • छोरा छोरिले बाबा खोजेर हैरान पारी सके
    आउनु बदलिन्न हाम्रो गती बिदेशमा बसेर।
  • अर्काको देशमा मरिहाले भेट हुन्न यता फेरि
    सुखकोआश छैन एक रति बिदेशमा बसेर।
  • मैयाँ लामिछाने सिन्धुली