रुखमा चढ्दा पनि नेटवर्क नभेटिने गाउँमा अनलाइन शिक्षा सम्भव छ त?

चिनको बुहान प्रान्तबाट सुरु भइ विश्वभरि बिकराल रुप लिएर सएर गर्दै छ कोरोना भाईरस । यसले बिश्वलाई पुर्ण रुपमा थला पारेको छ। मै हु भन्ने महाशक्ती राष्ट्रहरुलाई हातखुट्टा बाधेर मन मस्तिष्क नै सिथिल बनाइ आफ्नै घरमा बन्दक बनाएको छ। मानौ यो एक किसिमको नजरबन्द नै हो। तछाड-मछाड , लुछाचुडि, तानातान , होडबाजी गर्न सक्ने हैसियत भएका ठुला- ठुला शक्तिशाली राष्ट्रहरुलाई पनि निकम्मा साबित गरिदिएको छ।

महान -महान बैज्ञानिक र मै हु भन्ने विद्दान र दिग्गज दिमाग भएका व्यत्तित्वहरुलाई चुनौती दिएको छ ।२०१९ डिसेम्बर बाट सुरु भएको भाइरस सँग जुद्द्न असक्षम साबित गरि दिएको छ।यसले के प्रष्ट पारेको छ भने प्रकृति सँग जुद्द्ने तागत मानिससँग छैन ।

शिक्षकको प्रत्यक्ष निगरानीमा यस्तै विषयवस्तु घोकाएर प्रमाणपत्र दिलाउने हामीलाई कोरोनासँग लडाइँ गर्ने हैसियत शिक्षाले कति दिएको होला? यसको जवाफ शिक्षाबिद् र केन्द्रिय राजधानीमा बसेर योजना बनाउने योजनाबिदहरुले दिनुपर्छ । राजधानीमा बसेर बनाएको शैक्षिक योजना कर्णालीको दुर्गम क्षेत्रमा कतिको उपयुक्त हुन्छ? यो प्रश्नको जवाफ पनि उहाँहरुले नै दिनुपर्छ।

यो दैवीप्रकोप हामीले नै सिर्जना गरेका हौ।हामीले आफ्नो स्वार्थ पुर्तिका लागि जे पनि गर्यौ। हामी प्रकृतिकै सिर्जना हौ भन्ने बिर्सियौ।जसको फलस्वरुप हामीलाई प्रकृतिले एकै चोटि एकै ठाँउमा थला पारेको छ। विश्वका शक्ति सम्पन्न देशहरुमा बैज्ञानिक शिक्षा ,लागू भएको कैयौं वर्ष भैसकेको छ। उनीहरूले एटम बम बनाए, एक ठाँउमा बसेर संसार देख्ने ऐना बनाए । मान्छेले भन्दा लाखौं गुणा बढी इमानदार भै काम गर्ने रोबर्ट / यन्त्र मानव बनाए । एक कुना बाट गरेको प्रहार अर्को कुनामा पुग्ने अश्त्र बनाए । आकाशमा उड्ने प्लेन देखि समुन्द्र मन्थन गर्ने पानी जहाज सम्म बनाए । तर यी सबै चमत्कार देखाउने दिमालाई एउटा भाइरसले लोप्पा खुवायो। झन विचरा नेपाली पृथ्वीनारायण शाहको कतिवटा श्रीमती थिए? कुन महाराजसँग कतिवटि महारानी सती गए? भनेर घोकी भुत, परी, बोक्सी, डायनको कथा पाठ्यपुस्तकमा राखेर शिक्षाको ज्योति फैलाउने देशबासीलाई तहसनहस पार्नु अस्वभाविक होईन। शिक्षकको प्रत्यक्ष निगरानीमा यस्तै विषयवस्तु घोकाएर प्रमाणपत्र दिलाउने हामीलाई कोरोनासँग लडाइँ गर्ने हैसियत शिक्षाले कति दिएको होला? यसको जवाफ शिक्षाबिद् र केन्द्रिय राजधानीमा बसेर योजना बनाउने योजनाबिदहरुले दिनुपर्छ । राजधानीमा बसेर बनाएको शैक्षिक योजना कर्णालीको दुर्गम क्षेत्रमा कतिको उपयुक्त हुन्छ? यो प्रश्नको जवाफ पनि उहाँहरुले नै दिनुपर्छ।

त्यही प्रदेश नम्बर ३ भित्र समेटिएको जिल्ला हो सिन्धुली। जहाँबाट राजधानी पुग्न जम्माजम्मी ६ घण्टा लाग्छ। मेरो जन्मघर सिन्धुली जिल्लाको तीनपाटन गाउपालिका वडा नम्बर ७ मा पर्छ। त्यहा कतिपय गाउँमा मोबाइलको नेटवर्क खोज्न रुखमा चढ्नु पर्छ ।अझ रुखमा चढ्दा पनि कतै कतै नेटवर्क आउदैन ।के यस्तो अवस्थामा अनलाइन शिक्षा सम्भव छ त?

अहिले देशभर मौसमी तर बेतुकको हल्ला चलेको छ, बालबालिकालाई अनलाइनबाट शिक्षा दिनुपर्छ। के यस्तो बेला जोक्स गर्ने बेला हो? जोक्स जस्तै सजिलो छ काम गर्न? म कर्णाली पनि पुग्दिन । प्रदेश नम्बर ३, जहाँ प्रदेश सरकारको राजधानी छ । त्यही प्रदेश नम्बर ३ भित्र समेटिएको जिल्ला हो सिन्धुली। जहाँबाट राजधानी पुग्न जम्माजम्मी ६ घण्टा लाग्छ। मेरो जन्मघर सिन्धुली जिल्लाको तीनपाटन गाउपालिका वडा नम्बर ७ मा पर्छ। त्यहा कतिपय गाउँमा मोबाइलको नेटवर्क खोज्न रुखमा चढ्नु पर्छ ।अझ रुखमा चढ्दा पनि कतै कतै नेटवर्क आउदैन ।के यस्तो अवस्थामा अनलाइन शिक्षा सम्भव छ त? अनि अर्को कुरा थपिहालौँ, म अहिले प्रदेश नम्बर २स्थित महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका माननीय शिक्षा ,बिज्ञान तथा प्रविधि मन्त्री श्री गिरिराजणि पोखरेलज्यूको निजी निवास भएकै नगरपालिकाको जनता माद्यामिक बिधालय बर्दिबासमा अद्द्यापनरत छु। यहाँ लगभग १-१२ सम्म १४५० बिद्यार्थी अद्द्यनरत छन । यहाँका कति प्रतिशत विद्यार्थीसँग अनलाइनको पहुँच छ? माननीय शिक्षा ,बिज्ञान तथा प्रविधि मन्त्रीज्यूसङ्ग यसको डाटा छ? शहर लक्षित केही सुबिधा सम्पन्न बिद्यालय र बिद्यार्थी , अभिभावकलाई मात्रै हेरेर योजना बनाउन कतिको उपयुक्त छ? यस्तो बेलामा नागरिकहरू महामारी बाट कसरी बच्ने भन्ने तनावमा छन । के योजना बनाउने र कागजमा लागू गराउने बित्तिकै सम्पुर्ण अभिभावकले आफ्ना छोराछोरीलाई अनलाइन कक्षामा सहभागी गराउन सक्छन् त? हामी पहिला आफ्नो घाटी हेरौ अनि मात्रै हाड निल्ने काम गरौ। हैन भने हाड अडकिएर अकालमै मृत्यु वरण गर्न नपरोस् ।

नेपाल जस्तो वर्षभरी १० किलो किताब बोकेर २/४ घन्टा पैदल हिडेर बिद्यालय गई बासी कथाहरू घोकेर ३ घन्टामा वर्षभरिको पढाइ जबर्जस्ति ओकल्न लगाइ मूल्यांकन गरि प्रमाणपत्र दिलाउने र भारी बोक्न बिदेश जानुपर्ने देशमा अनलाइन कक्षा सम्भव छ त?

उनीहरू शिक्षाबाट बन्चित हुनुहुँदैन। धन सम्पति पछि पनि कमाउन सकिन्छ तर आजको शैक्षिक उमेर भोलि फर्केर आउदैन । यो ध्रुवसत्य हो। आजको शैक्षिक क्षती भनेको भोलिको आर्थिक, सामाजिक ,राजनैतिक र बैज्ञानिक क्षति हो ।

बालबालिकाहरु बिद्यालय जान बिर्सन थाले। अभिभावकको चुल्हो बल्न छाड्यो। लकडाउन मात्रै कोरोना बाट बच्ने उपाय भएको देशमा अनलाइन कक्षा चुनौतीपूर्ण छ। हुन त यस्तो विषम परिस्थितिमा बिश्वको सम्पुर्ण क्षेत्र तहसनहस भएको छ । यसमा पनि सबैभन्दा बढी असर शिक्षा क्षेत्रमा परेको कुरालाई सबैले स्वीकार्न सक्नुपर्छ । बालबालिका भनेका भोलिका कर्णधार हुन। उनीहरू शिक्षाबाट बन्चित हुनुहुँदैन। धन सम्पति पछि पनि कमाउन सकिन्छ तर आजको शैक्षिक उमेर भोलि फर्केर आउदैन । यो ध्रुवसत्य हो। आजको शैक्षिक क्षती भनेको भोलिको आर्थिक, सामाजिक ,राजनैतिक र बैज्ञानिक क्षति हो । यसमा दुईमत छैन। त्यसैले सम्बन्धित निकायले कसरी हुन्छ, कुन विधि र प्रक्रिया अपनाएर हुन्छ, छिटोभन्दा छिटो सबैमा कोरोना परीक्षण गरि बालबालिकालाई सुरक्षित रुपमा बिद्यालय जाने वातावरणको सिर्जना गर्नुपर्ने देखिन्छ ।यसमा सबै जिम्मेवार निकायको ध्यान जाओस्।

लेखक जनता क्याम्पस बर्दिबासका प्रोफेसर हुन् ।