सिन्धुलीमा ९०२ जनाको आरडिटि गरियो, २९ जनामा पोजेटिभ

जेष्ठ ७, सम्झना श्रेष्ठ .

सिन्धुली । सिन्धुलीमा अहिलेसम्म ९०२ जनाको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटि) परिक्षण गरिएको छ । २ वटा नगरपालिका तथा ७ वटा गाँउपालिका रहेको सिन्धुलीमा ९०२ जनाको (आरडिटि) परिक्षण गर्दा २९ जनामा पोजेटिभ रिपोर्ट आएको छ । आज ५८ जनाको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटि) परिक्षण गरिएको छ ।

आज गरिएको परिक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले बताउनुभयो । आज पत्रकार, सुरक्षाकर्मी तथा अन्य नागरिक गरि ५८ जनाको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटि) परिक्षण गरिएको हो । यसैबिच सिन्धुलीबाट स्वाब सङ्कलन गरि पठाइएका ५० जनामध्ये ४७ जनाको पीसीआर परीक्षण नेगेटिभ आएको छ । सिन्धुली अस्पताल र स्वास्थ्य कार्यालय सिन्धुलीमा सोमबार र मंगलबार २४६ जनाको गरिएको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटि) गरिएको थियो ।

उक्त परिक्षणमा २७ जनाको पोजेटिभ रिपोर्ट आएपछि ५० जनाको स्वाव संकलन गरि मंगलबार प्रादेशिक अस्पताल हेटौँडा पठाइएको थियो । यस्तै गरि आज पठाइएका अन्य सात जनाको स्वाव र मङ्गलबार पठाइएका तीन जनागरी १० जनाको पिसिआर परीक्षण रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख शाहले जानकारी दिनुभयो ।