एका बिहानै १७ जनामा कोरोना पुष्टि,

जेठ ०८,

रामेछाप । आज बिहान थप १७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्या तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमित थपिएका हुन । आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् । यो संगै नेपालमा कोरोरना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ ।

झापा, धनकुटा र सुनसरी जिल्लामा गरि थप १७ जना कोरोना संक्रमित फेला परेका हुन ।

झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सह-प्रवक्ता समिर कुमार अधिकारीका अनुसार १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ का पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । हिजो (बुधबार) २५ जनामा कोरोना पुष्टि भएको थियो । हाल सम्मा नेपालमा कोरोना संक्रमितणबाट ४५ जना निको भएका छन । २ जनाको मृत्यु भएको छ ।