कोरोना कहर, ग्रामिण महिलालाई जहर

तिलक कार्की

यहाँ प्रसंगको उठान एउटा वास्तविक घटनाको पृष्ठभूमिबाट गर्न चाहें । मैले देखेको समाजमा एकजना काकाको घरमा आठ भाइ छोरा, अनि तीनवटी छोरी भएर पनि कोरोनाकहरको पृष्ठभूमि भन्दा पर सो घरमा बुढाबुढी मात्र थिए । दुई महिना हुन लाग्यो, घरमा जहान सन्तान टनाटन भएका । २८ जना जम्मा भएका परिवारमा नाबालक, बालबालिका, युवा, वयस्कदेखि जेष्ठ नागरिक सम्म छन् ।

अझ दिनमा पाउना त टुटेकै छैन । सबै गाउँ आएका छन् । घर सानो छ । जहान सबै सहर गएदेखि पकाउने, तुल्याउने थन्काएका थिए । सुत्ने, बस्ने ठाउँ साँघुरिएको छ । भूकम्प प्रतिरोधी सानो २ कोठे घर छ । भूकम्पले बचेको पुरानो घर पनि छ । काम गर्ने जनशक्ति नभए पछि खेतबारी पनि बाँझिएर गएको छ । अन्नपातको नाउँमा दशैँलाई साचेर राखेको कही मुरी धान छ । बस्तुभाउ नभए पछि अरु अन्न साचेर राख्ने कुरै भएन ।

परिवार संख्या वृद्धि हुदा खाना पकाउने, खुवाउने, जुठाभाँडा माझ्ने काम अझ धेरै नै हुन्छ । झन नावालक, बालबालिका तथा जेष्ठ नागरिकलाई थरिथरीका खाना र समय समयमा तुल्याउनु तथा खुवाउनुले भार बढे कै छ । एउटाको चित्त बुझायो अर्को उस्तै भएर झन्झट दिइरहन्छन् ।


विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ अर्थात कोरोनाका कारण सहर अनि विदेश गएका गाउँमा फर्किएका छन् । कोराना संक्रमणको डर, त्रास, भय त छँदै छ । ग्रामिण महिलाका शारीरिक, मानसिक, सामाजिक तथा सांस्कृतिक समस्या त छँदैछ । रोग, भोक, शोक अनि पिर, व्यथा दुःख, कष्ट ज्युँकात्यूँ छन् । पितृसत्ताको जड जस्ताका त्यस्तै छ । शारीरिक कमजोरी, आत्माबलको कमी, परनिर्भता जस्ता सवाल छँदै छन् ।
ग्रामिण भेगमा उमेर ढल्केका महिलामा पाठेघरको समस्या, दम, उच्च रक्तचाप, मधुमेह पनि छ । धुलो, धुँवामा सधैँ रहनु पर्ने बाध्यता छँदै छ । गाईबस्तु पाल्नु, खेतीपाति गर्नु अनि घरको सबै कामको जिम्मेवारी त भइहाल्छ ।
घरमा जहानको संख्या वढ्नु नै महिलालाई भार बढ्नु हो । भान्सा, सरसफाइ, खेतीपाति, मेलापात, घरपालुवा पशुपंक्षीका स्याहार संभार त दैनिकी नै हो । बिहान उठेदेखि नसुतुन्जेल सम्म व्यस्त रहनु नियति नै छ । धन्न ग्रामिण विकास भक्ष्ए ढिकीजाँतो गर्ने, टुकी बत्ति अनि पानी बोक्नु पर्ने समस्याबाट अलि सुख पाएका छन् । परिवार संख्या वृद्धि हुदा खाना पकाउने, खुवाउने, जुठाभाँडा माझ्ने काम अझ धेरै नै हुन्छ । झन नावालक, बालबालिका तथा जेष्ठ नागरिकलाई थरिथरीका खाना र समय समयमा तुल्याउनु तथा खुवाउनुले भार बढे कै छ । एउटाको चित्त बुझायो अर्को उस्तै भएर झन्झट दिइरहन्छन् ।

रहरले होटल चाहरेर खाने, अहिले वाध्यताले आफ्नै खेतीमा उब्जिएका अन्न, फलफूल तथा तरकारी खाइरहेका छन् । सहर बसेका बालबालिका सामाजिक नेटवर्कबाट टाढा छन् । गाउँमा खेल्ने, डुल्ने, समाज चिन्ने मौका पाएका छन् ।

राम्रा पक्षको पनि विकास नभएको चाहिँ हैन । सावुन पानीले नियमित हात धुने बानी विकास भएको छ । आफन्त तथा परिवारको सम्वन्ध विकास भएको छ । सेनिटाइजर, माक्स, क्वारेन्टाइन, आइसुलेसन, लकडाउन जस्ता शब्द सबैको जिव्रामा झुण्डिएको छ । रेडियो, टेलिभिजन तथा सामाजिक संजालमा महिलाहरु चाख मानेर सुनेको र हेरेको देखिन्छ । घरमा आमाबुबालाई मात्र छाडेर गएका परिवारमा खुशी देखिएको छ । बाँझो जग्गा जोतखन गरिएको छ । घर लिपटाल भएको छ । गाउँ विर्सेर सहर बस्नेहरु अर्गानिक खानाको स्वाद लिइरहेका छन् । मीठो मसिनो खानेले साग, सिस्नो, ढिडो जस्ता गाउँमा पाइने खानामा रमाइरहेका छन् । रहरले होटल चाहरेर खाने, अहिले वाध्यताले आफ्नै खेतीमा उब्जिएका अन्न, फलफूल तथा तरकारी खाइरहेका छन् । सहर बसेका बालबालिका सामाजिक नेटवर्कबाट टाढा छन् । गाउँमा खेल्ने, डुल्ने, समाज चिन्ने मौका पाएका छन् ।

अझ सावित्रा चालिसे पहिलो ज्यान गुमाउने महिला नै छन् । ग्रामिण क्षेत्रमा महिलामा कोरोनाको कहरले पारिवारिक भार बढेको छ । सामाजिक वोझ थपिएको छ । संवेगात्मक तथा भावनात्मक विषय उथलपुथल भएको छ । शारीरिक तथा मानसिक रुपमा अझ कमजोर भइहरेका छन् ।

माया, ममता, सद्भाव, पारस्परिक एकता, मेल, सहिष्णुता जस्ता भावनात्मक तथा संवेगात्मक विकास भएको छ । लामो समयसम्म चाडवाड, तिथी मितिमा समेत भेटघाट नभएका सँग भेटघाट भएको छ । दुख, सुख, पिर मर्का एक आपसमा साटसाट गरि हलुका भएका छन् । यसको अलावा केहि नकरात्मक विषयले पनि प्रवेश पाएको छ । परिवार संख्याका आधारमा खाना बस्नको व्यवस्था छैन । सहरमा खाइ पल्केका लागि रुखो, जर्रो खाना खानु परेको छ । यौन जीवन तथा गोपनियतामा खलल आएको छ । पारिवारिक रिसिविइ वढेको छ । सहर बसेका बालबालिकाले गाउँका भाषा, बोली तथा लवाज सिकेका छन् ।

अझ सावित्रा चालिसे पहिलो ज्यान गुमाउने महिला नै छन् । ग्रामिण क्षेत्रमा महिलामा कोरोनाको कहरले पारिवारिक भार बढेको छ । सामाजिक वोझ थपिएको छ । संवेगात्मक तथा भावनात्मक विषय उथलपुथल भएको छ । शारीरिक तथा मानसिक रुपमा अझ कमजोर भइहरेका छन् ।

(लेखक ग्रामिण भेगमा महिला र बालबालिका शसक्तिकरणको क्षेत्रमा काम गर्छन्)