दागबत्ती नपाएका लास भेटिन्छन्

  • गजल १
  • दिएको छु चिनो तिम्लाई हिफाजत तिम्रो भरमा,
    राख या बिगार त्यो चीज नियत तिम्रो भरमा।।
  • गर नजर अन्दाज, गल्ती भए होलान धेरै,,
    याद गर मेरो अब सिकायत तिम्रो भरमा।।
  • बाध्यताले छुट्टिएर अलग बाटो बने पनि,
    प्रेम बिर्स या राख मुटुमा यथावत तिम्रो भरमा।
  • अरुलाई पाउन पनि म आफै मर्न सकिन,
    देख्दै छु अचेल प्रेमको नि तागत तिम्रो भरमा।।
  • गजल २
  • दागबत्ती नपाएका लास भेटिन्छन् ,
    सपनाकै लागि बाच्ने आस भेटिन्छन,।।
  • सत्य यही हो , सोचेजस्तो हुन्न जीवन,
    खोज्नुपर्छ आफ्नै सत्रु आसपास भेटिन्छन्।।
  • सुनको ओछ्यान , ठूलो महल भएर के भो,
    बाको लाज नछोप्ने त्यहा कपास भेटिन्छन्।
  • तिमी मन्दिरको द्यौता नभए पछि हो पक्का,
    अझ पनि पूजारी कठै निराश भेटिन्छन्।।
  • रिशभ अधिकारी मन्थली