बजार निस्कदा मास्क अनिवार्य

जेठ ,
रामेछाप । रामेछाप प्रहरिले आजबाट मन्थली बजार आवतजावतमा समेत थप कडाई गरेको छ । कडाई सँगै बजार निस्कदा मास्क अनिवार्य लगाउन प्रहरिले अनुरोध गर्ने गरेको पाइएको छ ।मास्क नलगाउने यात्रुहरूलाई प्रहरीले मास्क लगाउन अनुरोध गर्ने गरेको र मास्क नबोकेको भए अगाडी जान दिईएको छैन ।
खाँडादेवि गाउँपालिका–१ अन्तर्गत धारापानी टोलका एक जना ब्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि उक्त टोल नै सिल गरिएको थियो। काठमाडौं बस्दै आएका उनी वैशाख १४ गते गाउँ आएका र दुई हप्ता भन्दा बढी गाउँमा बसी वैशाख ३० गते काठमाडौं फर्किएका थिए ।

सो घटना पश्चात जिल्लाको नाकाहरुमा निगरानी बढाउने, आवतजावतमा रोक लगाउने र लकडाउनलाई प्रभाविकारी रुपमा कार्यान्वयन गर्नको लागि सुरक्षाकर्मीहरु प्रभावकारी रुपमा परिचालन गर्ने जिल्ला प्रशासन कार्यालय रामेछापमा बुधबार बसेको बैठकले गरेको निर्णय सँगै सो निर्णयको कार्यान्वयन गर्न प्रहरी प्रशासन लागि परिरहेको छ ।

यता नागरिकहरू भने अझै सचेत भएका छैनन् । प्रशासन, प्रहरी तथा विभिन्न सञ्चार माध्यमले मास्क लगाएर, दुरी कायम गरेर मात्र किनमेल गर्नु भने पनि मन्थली बजारमा कमै मात्रामा नियम पालना गरेको पाईन्छ । झनै मन्थली बजार भन्दा बाहिर गाउँगाउँमा लकडाउन नभएर दशैँ जस्तै माहोल सिर्जना भएको छ ।