मलाई यो पानी र जिन्दगानी उस्तै उस्तै लाग्छ- प्रकाशका ५ गजल

प्रकाश आचार्य

गजल १

  • मलाई यो पानी र जिन्दगानी उस्तै उस्तै लाग्छ
  • साधु सन्त र आफ्नै कहानी उस्तै उस्तै  लाग्छ
  • ईश्वरकै घरमा सिङ्गो जीवन बिताउने विचरा यी
  • पुजारी र मदिराप्रेमीको बानी उस्तै उस्तै लाग्छ
  • उकाली ओराली देउराली भञ्ज्याङ्मा एक्लै यात्रा गर्दा
  • अचेल उनी बिनाको साँझ र बिहानी उस्तै उस्तै लाग्छ
  • न सुन्छ न बुज्छ बिछ्यौनामा पल्टेका  निर्जीव बस्तुले
  • पीडा नसुन्ने मान्छेको मन र सिरानी उस्तै उस्तै लाग्छ
  • जब पहरामा कुहिनो ठाेक्काए त्यो दिनबाट बुझे
  • झुपडिकी सानी होस् या महलकी रानी उस्तै उस्तै लाग्छ

गजल

  • लजालु कर्के नजरले प्यारको संकेत गर्छ पक्का
  • नजर मात्र हैन अझ अधर मन पर्छ पक्का
  • वैशाखमा बेल पाक्छ जेठमा खान खोज्यौ भने
  • कौवा बन्छौ तिमी अनि अवसर पनि टर्छ पक्का
  • सूर्यमुखी फूल बनि सूर्यतिरै फर्कदा नि
  • बिडम्बना भमराले नै कुमारीत्व हर्छ पक्का
  • नछोड भो मौका तिम्ले चौका हान्नुपर्छ
  • तिम्ले आँटे पक्का हुन्छ नत्र माया सर्छ पक्का
  • पूर्णिमाको जून छोडि कालरात्री रोज्यौ भने
  • चन्द्र भित्र लुकेको यो प्रकाश पक्का मर्छ पक्का

गजल

  • न कुनै औषधी न कुनै उपचार हुन्छ
  • जब हजुरकाे काेराेना जस्तै विचार हुन्छ
  • कसरी पत्याऊ न्याय हुन्छ भनि यहाँ
  • जब बाबु बाटै छाेरीकाे बलत्कार हुन्छ
  • काे लाग्छ र अरुलाई सम्झाई बुझाई गर्न
  • जब ऊ अाफ्नै जिन्दगी देखि दिग्दार हुन्छ
  • लाग्नुस अझै लाग्नुस जिन्दगी सपार्न अाफ्नाे
  • नत्र तपाईंको सिङ्गो ईतिहास लाचार हुन्छ

गजल

  • बहिनीले दाईलाई भनेको…
  • चढ बाइक बाउकै पैसामा आफूले कमाउन त्यत्तिकै हो
  • डुलाऊ अर्काकै बूढी धत् आफ्नो बनाउन त्यत्तिकै हो
  • गाँजा खाउ चुरोट खाउ जाउ रेष्टुरेण्ट तिर
  • के गर्छौ त उमेर त्यस्तो काम समाउन त्यत्तिकै हो
  • केटी कै पछि लाग छट्टु त्यत्तिकैमा मन बुझाउँदै
  • शिर माथि रातो सिन्दूर थमाउन त्यत्तिकै हो
  • जाउ क्याम्पस क्लास छोड पढ्ने बेला हैन नि यो
  • बाउ छदै मोज गर पछि रमाउन त्यत्तिकै हो
  • राम्रा केटी हेर अनि कल्पनामै विहे गर
  • भद्र बनि चट्ट घरवार जमाउन त्यत्तिकै हो

गजल

  • भगवानले मान्छे ,सृष्टि र यो तक्दिर बनायो
  • मान्छेले त्यही भगवान राख्ने मन्दिर बनायो
  • छोरा ठुलो होला र पाल्ला भन्ने अाशै आशामा
  • बाबुआमाले सपनाको ठुलो तस्बिर बनायो
  • छोरा ठूलो भयो र बाआमालाई वृद्धाश्रम पठायो
  • मरेपछि त्यही छोराले पितृलाई चढाउने खीर बनायो
  • पैसा कमाउने आशै आशा मा छोरो परदेशी हुँदा
  • श्रीमती बाबुआमा समाजलाई ठूलो पीर बनायो