सुनकोशी नदिमा बेपत्ता एकको शव भटियो

जेठ ०८,

रामेछाप । काभ्रेको भुम्लुमा आज बिहान बा १६ च ८८३८ नम्बरको बोलेरो दुर्घटनामा परि वेपत्ता भएका दुई जना मध्ये एक जनाको शव भेटिएको छ।

भुम्लु गाउँपालिकास्थित सिलामे भिरमा उकालोमा ब्रेक नलाग्दा खद्यन्न संगै बसेका २ जना जीपबाट हाम फल्दा सुनकोशीमा डुबेर बेपत्ता भएका थिए । बेपत्ता हुनेमा भुम्लु गाउँपालिका – १ सापिङका अशोक गिरी र सोही स्थानको भोला महत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेक डिएसपी कुमार बिक्रम थापाले जनाकारी दिए ।

बोलेरो दोलालघाटबाट त्यस्तर्फ हिडेको थियो । बेपत्ता भएका मध्ये भोला महतको बेपत्तभएको केहि तल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपी कुमार बिक्रम थापाले बताए । अर्का अशोक गिरी भने अझै वेपत्ता छन् । उनको खोजकार्य भइरहेको छ । फोटो सामाजिक सञ्जाल