जारी लकडाउनको आज ६० औं दिन पुरा, के-के हुदैछ, लकडाउन कहिले सम्म हुन्छ हेर्नुस्

जेठ ०९,

रामेछाप । सरकारले जारी गरेको बन्दाबन्दी आज २ महिना अर्थात ६० दिन पुगेको छ । गएको वर्ष चीनको वुहानबाट सुरु भएको कोरोना भाइस संक्रमण बढ्न थालेपछि नेपाल सरकारले गएको २०७६ साल चैत ११ गतेदेखि लकडाउन गरेको थियो । पहिलो पटक १ साताका अर्थात चैत्र १८ गतेसम्मका लागि जारी गरिएको बग्दाबन्दी दोस्रो पटक पुनः १ साता थप गरी चैत २५ गतेसम्म पुर्‍याएको थियो ।

फेरी निरन्तरता दिँदै तेस्रो पटक २०७७ वैशाख ३ गतेसम्मका लागी बन्दाबन्दी लम्बिएको थियो । पुन त्यसपछि पनि १२ दिन बन्दाबन्दीको समयअवधी थप गरी वैशाख १५ गतेसम्म पुर्याइयो । त्यसलाइ पुनः १० दिन थप गर्दै वैशाख २५ गतेसम्म लकडाउन लम्बियो ।

फेरी छैटौं पटक जेठ ५ गतेसम्मका लागि लकडाउनको समयावधी लम्ब्याइएको थियो । त्यस्यता पछिल्लो पटक बन्दाबन्दीलाई जेठ २० गतेसम्म लम्ब्याइएको छ ।

यो बिचमा एक पटक बन्दाबन्दीलाइ केही खुकुलो बनाउने सरकारले तयारी गरेको थियो । जारी बन्दाबन्दीलाइ निरन्तर्ता दिदै काठमाडौं उपत्यका भित्र टाइमकार्ड लागू गरी लकडाउनलाई केही खुकुलो बनाएको हो । फेरी कोरोना भाइरस संक्रमितको संख्या तिवृ गतिमा बढेकाले सरकारले लकडाउनलाई कडाई हो । उपत्यका प्रवेशमा पनि कडाइ गर्न गृहमन्त्रालयको निर्देशन दिएको छ ।

लकडउनले आम नागरिकहरुलाइ कोरोना भाइरस संक्रमणबाट सुरक्षित गरेपनि विविध कारणले समस्या हुन थालेको छ । कोरोनाले नेपालमा आज सम्म ३ जनाको ज्यानली सकेको छ भने ४ सय ८७ जना संक्रमित बनिसकेका छन् । ७० जनाले आजसम्म कोरोनालाइ जितेका छन् । जारी लकडाउन जेठको २० गतेसम्मको लागि तोकिएको छ तर कोरोना संक्रमित दर तिवृ भएकाल यो लम्बिने निस्चित छ । सरकारले आगामी दिनमा लकडाउनको मोडालिटी फेर्नेबारे आन्तरिक छलफल सुरु गरेको छ । फाइल फोटो