विद्यालय खोल्न हतार नगरौँ


कृष्ण उफान

महिनामा वनमा सल्किएको आगो भन्दा हजारौँ गुणा तीब्र रुपमा विश्वमा फैलिरहेको कोभिड– १९, कोरोरा भाइरसको मानव जगत्को सम्पूर्ण गतिशील अवस्थालाई पूर्ण रुपमा बन्द गरेको छ । वर्तमान अवस्थामा अरु सबै कुरा छाडेर कसरी सुरक्षित रहने भन्ने कुरामा मात्र सिमित भएको छ । कहिले एन्टी कोरोना भ्याक्सिन पत्ता लगाउला र ढुक्कसँग बस्न पाइला भनेर सोच्न विवश छन् मानिसहरु । बजारमा चलेको हल्लाले निजी अस्पताल तथा मेडिकलमा पनि कोरोना परीक्षण गर्न दिने भनेर सरकारले निर्णय गरेको कुरा आएको छ । सर्वसाधारण व्यक्तिको पहूँचमा सजिलैसँग परीक्षण गर्ने वातावरण बनोस् । चर्को शुल्क लिएर परीक्षण गर्न परेमा सिटामोल किन्न नपाएर छट्पटिदै बस्ने नेपालीहरुको लागि त कौवाले बेल पाक्यो हर्ष न विश्मात् भने झै नहोला भन्न सकिन्न ।


यस्तो विषय अवस्थामा बैशाखबाट सुरु गर्नु पर्ने शैक्षिक सत्र सुरु हुन सकेको छैन । मुलुक लकडाउनमा छ । लकडाउनको अवधि कहिलेसम्म लम्ब्याउने हो यसको कुनै निश्चित छैन । सम्पूर्ण विद्यार्थीहरु घरमा नै बसिरहेका छन् । एकातिर रोगको सन्त्रास अर्कोतिर पढाइको चिन्ता लिदै अभिभावकहरु अव के हुने होला भनेर आप्mना बालबालिकाको भविष्यको बारेमा चिन्तित छन् । विद्यालय कहिलेबाट खुल्छ होला । पढाइ डामाडोल हुने भयो भनेर रातोदिन चिन्तित छन् । कसो गर्दा उपयुक्त होला भनेर यसै भन्न सकिरहेका छैनन् । केही अभिभावकहरु दुई शैक्षिक सत्र गाभिने भो भनेर पिरोलिन थालेका छन् । बालबालिकाहरु पनि अव हामीलाई एक वर्ष घाटा पर्ने भो भनेर चिन्तित बन्न थालेको देखिन्छ । यस विषम परिस्थितिमा अव कसरी अगाडि बढ्ने होला भनेर यहि मार्ग पहिल्याउदा सफल भइन्छ भनेर कुनै निष्कर्षको मार्ग भेटिदैन ।

पहिले बाँच त्यसपछि मात्र अरु कुरा गरौँ । आजको समयमा मुख्य चुनौती भनेको कोरोनाबाट कसरी सुरक्षित रहने भन्ने हो । यसबाट सुरक्षित रहन सकेमा शिक्षा त हाँसिल गर्न सकिन्छ नि । “जिउ रहे घिउ खान पाइन्छ ।”


पहिले बाँच त्यसपछि मात्र अरु कुरा गरौँ । आजको समयमा मुख्य चुनौती भनेको कोरोनाबाट कसरी सुरक्षित रहने भन्ने हो । यसबाट सुरक्षित रहन सकेमा शिक्षा त हाँसिल गर्न सकिन्छ नि । “जिउ रहे घिउ खान पाइन्छ ।” यस्तो अवस्थामा विद्यालय खोलेर कोरोरा संक्रमितको संख्या बढाउनु छ र । बिद्यालय खोलेर कुनै एक विद्यार्थी कोरोना संक्रमित छन् भने पुरै विद्यालयका सम्पूर्ण शिक्षक विद्यार्थी तथा सम्पूर्ण अभिभावकलाई संक्रमण फैलाउनु छ र । त्यसैले कुनै हालतमा पनि विद्यालय खोल्नु हुँदैन । केही समय पर्खनै पर्दछ । कोरोना नियन्त्रणमा आयो भने भदौ १ गतेबाट नयाँ कक्षा सञ्चालन गरेपनि शैक्षिक सत्र सफलतापूर्वक यसै वर्षमा सम्पन्न गर्न सकिनेछ । जसको लागि पूर्व तयारी रहन आवश्यक हुन्छ । तलका तरीकाहरु अपनाउन आवश्यक देखिन्छ ।


सबै विद्यालयले बार्षिक कार्यतालिका निर्माण गरौँ । भदौ १ गतेबाट चैत १५ गतेसम्म दशै ५ दिन, तिहार ३ दिन र शनिबार बाहेर अन्य सार्वजनिक दिन पनि विद्यालय सञ्चालन गरेमा १६३ दिन कक्षा सञ्चालन गर्न सकिन्छ । पहिलो त्रैमासिक परीक्षा ४ दिन । असोजको अन्तिम ४ दिन, दोस्रो त्रैमासिक परीक्षा पौष १५ गतेबाट ८ दिन र वार्षिक परीक्षा चैत १६ गतेबाट सञ्चालन गर्ने हो भने शैक्षिक सत्र निर्धारित समयमा नै पार गर्न सकिन्छ । त्यसैगरी १० बजेदेखि ४ बजेको सट्टा ९ बजेबाट सुरु गरेमा दैनिक थप १ घन्टी थप हुनेछ । यसो गरेमा थप २५ दिन बराबर थप हुनेछ । कुल १८८ दिन हुनेछ । पाठ्यक्रमले निर्धारण गरेको १९० दिनको घन्टीलाई १८८ दिन भएपछि समेट्ट सकिनेछ ।

त्यसैगरी सबै विषयको विषयगत शिक्षकले सबै विषयको वार्षिक शैक्षणिक योजना तयार गर्नु पर्दछ । शैक्षणिक योजनाको आधारमा आवश्यक पर्ने शैक्षिक सागम्री अनिवार्य रुपमा तयार पारी कक्षामा प्रवेश गर्नु पर्दछ ।


त्यसैगरी सबै विषयको विषयगत शिक्षकले सबै विषयको वार्षिक शैक्षणिक योजना तयार गर्नु पर्दछ । शैक्षणिक योजनाको आधारमा आवश्यक पर्ने शैक्षिक सागम्री अनिवार्य रुपमा तयार पारी कक्षामा प्रवेश गर्नु पर्दछ । शिक्षकहरुले यो मेरो जिम्मेवार हो, मेरो दायित्व हो भनेर हृदयदेखि नै मनन् गरी अहोरात्र खटिनु पर्दछ । यसो गर्न सकेको खण्डमा शैक्षिक सत्र सफलतापूर्वक सम्पन्न गर्न सकिनेछ । सकिन्छ भने अझ प्रविधिमैत्री बनाउन सकेमा छिटो भन्दा छिटो सिक्न सक्नेछन् । त्यसको लागि स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, शिक्षासँग सरोकार राख्ने सम्पूर्ण सरोकारवालाहरुको विशेष सहयोगको आवश्यकता पर्दछ ।


अभिभावकहरुले पनि आप्mना बालबालिकाहरुलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ । बालबालिकाहरुलाई नियमित रुपमा समयमा नै विद्यालयमा पठाउने वातावरण निर्माण गर्नु पर्दछ । नियमित रुपमा आवश्यक पर्ने शैक्षिक सामग्रीहरु अभ्यास पुस्तिका, सीसाकलम, इरेजर, सार्पनर आदि पठाउने गर्नु पर्दछ । घरमा आएपछि आप्mना बालबालिकाले गृहकार्य गरे नगरेको हेर्नु पर्दछ । गृहकार्य गर्ने वातावरण सिर्जना गरिदिनु पर्दछ । आप्mना बालबालिकाहरु ६÷७ घन्टा विद्यालयमा रहने र बाँकी समय घरमा नै रहने हुनाले घरमा पनि विशेष ख्याल गरेर पठनपाठनप्रति लगनशील बनाउने सकेको खण्डमा निश्यच पनि सफलता हासिल गर्न कुनै अप्ठेरो पर्ने छैन ।

विशेषतः साना बालबालिकाहरुलाई विद्यालय नखुले पनि घरमा नै पढाइको समय तालिका बनाएर दैनिक ३÷४ घन्टा पढाइरहने हो भने उनीहरु पढाइप्रति अपडेट भइरहने छन् । विद्यालय सुरु भएपछि अलमलमा पर्ने छैनन् । लकडाउनमा कसरी दिन कटाउने होला भनेर अनावश्यक चिन्तामा हुनुहुन्छ भने दिनको ३÷४ घन्टा आप्mना बालबालिकालाई दिउ ।


त्यसैगरी विशेष परिस्थितिमा स्थगित भएको एसइइ परीक्षा र ११ र १२ परीक्षा पनि भदौ भन्दा अगाडि सम्पन्न गर्ने खालको समय तालिका बनाउनु पर्ला कि । लकडाउनको समय थप्दै जाँदा असार साउनसम्म त नियन्त्रण आउला नि विश्वमा फैलिएको कोरोना भाइरस । त्यस कारण पढाइप्रति चिन्ता भन्दा पनि अहिलेको चुनौति भनेको कसरी कोरोना भाइरसबाट बँच्ने भन्ने रहेको छ ।
विशेषतः साना बालबालिकाहरुलाई विद्यालय नखुले पनि घरमा नै पढाइको समय तालिका बनाएर दैनिक ३÷४ घन्टा पढाइरहने हो भने उनीहरु पढाइप्रति अपडेट भइरहने छन् । विद्यालय सुरु भएपछि अलमलमा पर्ने छैनन् । लकडाउनमा कसरी दिन कटाउने होला भनेर अनावश्यक चिन्तामा हुनुहुन्छ भने दिनको ३÷४ घन्टा आप्mना बालबालिकालाई दिउ । आपूmले जानेको बुझेको कुरालाई फकाइ फकाइ आप्mना नानीबाबुहरुलाई सिकाउने गरौँ । घरमा नै बसी बसी आमा बुवाको भूमिकाको साथै गुरु तथा गुरुआमाको भूमिका निर्वाह गरौँ । विद्यालय खोल्न हतार नगरौँ । सुरक्षित रहौँ । सुरक्षित साथ आप्mना परिवारका सदस्यहरुलाई रहने वातावरण सृजना गरौँ । यसैमा सबैको कल्याण हुनेछ । अस्तुः ।

लेखक नागकन्या मा.वि गडवारी मन्थली न.पा– १, रामेछापका शिक्षक हुन् ।