५ सय १६ पुग्यो संख्या, आज ५९ जनामा कोरोना पुष्टि,

जेठ ०९,

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज राती ८ : १५ बजे विज्ञप्ति जारी गर्दै संक्रमित थपिएको जनाएको हो । विज्ञप्तिमा ९ जना नयाँ संक्रमित थपिएको जनाएको छ ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं मकवनपुरको हेटौंडा ३ की ५४ वर्षीय महिलमा कोरोना पुष्टि भएको छ । त्यस्तै भक्तपुर ९ मा ४२ वर्षीय महिलाा संक्रमण भएको हो ।
त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानमा गरिएको परीक्षणमा सप्तहरी,जिल्ला बालन बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।


यता किट जन्य रोग अनुसान्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बारा सिमरनगढका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पष्टि भएको मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए ।

उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सबैको अवस्था सामान्य रहेको अधिकारीले जानकारी दिए । आज दिउसो मात्रै ५० जनामा कोरोना पुष्टि भएको थियो ।

Ministry of Health and Population-Nepal
No photo description available.