म्याग्दीका डेढ महिने कोरोना संक्रमित शिशुको मृत्यु

असार १८

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट डेढ महिनाको शिशुको मृत्यु भएको छ । उनको म्याग्दी घर भएको बताइएको छ ।

उनको त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या भएपछि उपचारका लागि भर्ना गरीएको थियो । भर्ना गरिएका उनको घाँटीमा समस्या देखिएपछि सोमबार घाँटीको शल्यक्रिया गरिएको थियो । त्यसअघिनै नाबालकमा गएको मंगलबार कोरोना पुष्टि भएको थियो ।

उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिए । उनको आमाबुबासहित आफ्न्तको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको बताइएको छ । योसंगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । file Photo