झापा र कपिलवस्तुमा करणी गरेको अभियोगमा पक्राउ दुई पक्राउ

असार १८

काठमाडौं ।  कपिलवस्तुमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिका-१ सोहसा बस्ने ३४ वर्षीय दामोदर थारुलाई रहेको प्रहरीले जनाएको छ । थारुले किशोरीको घरमा कोही नभएको अवस्थामा ट्वाईलेटमा लगि जबरजस्ती करणी गरेको थिए । सो खबर प्राप्त हुनासाथ प्रहरी चौकी बगदी र ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उता झापामा २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको एक जना पक्राउ परेका छण् । कचनकवल गाउँपालिका-७ कुमालगाउँ बस्ने ३० वर्षीय बिकाश राईलाई गएको बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

राईले ती महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । file Photo