थप ४७३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १४,५९१

असार १८,जनता भ्वाइस स‌म्वाददाता, रामेछाप

बिहिबार नेपालमा थप ४ सय ७३ जनामा कोरोना पुष्टि भएको छ । जसमा १ सय ९ जना महिला र ३ सय ६४ जना पुरुष रहेका छन् । देशभरी ४ सय ७३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफ्रिङमा मन्त्रालयका प्रवाक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् । यससँगै संक्रमितको सख्ंया १४ हजार ५ सय १९ पुगेको छ । जसमा १ हजार ८ सय ८३ जना महिला छन् भने बाँकी पुरुष छन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा चार हजार पाँच सय ३७ जनाको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।
त्यस्तै थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ। यो संगै नेपालमा कोरोनाबाट मर्नेको संख्या ३१ पुगेको छ । म्याग्दीका ४९ दिने शिशुको उपचारको क्रममा काठमाडौंमा मुत्यु भएको पुष्टि भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६६४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६६४ जना संक्रमण मुक्त भएको बताए।

योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या ५ हजार ३२० पुगेको छ।