निषेधित क्षेत्रमा ड्रोन उडाउने ४ जना पक्राउ

असार १८

काठमाडौं । काठमाडौंको लाजिम्पाटबाट बिना अनुमति ड्रोन उडाउने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मार्चिङ एण्ड प्रालिका कर्मचारी ललितपुर महानगरपालिका-१० बस्ने ३१ वर्षीय रवि शाक्य सहित ४ जनालाई रहेको प्रहरीले जनाएको छ। 

उनीहरुलाइ ड्रोन उडाएको भन्ने गोप्य सुचनाको अधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ड्रोन उडाउँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सोही ठाउँस्थित माछापुछ्रे बैंकको भवनको भिडियो खिच्न मार्चिङ एण्ड प्रालि कम्पनीलाई जिम्मा दिएकोमा उक्त ड्रोन बिना अनुमति उडाएको र निषेधित क्षेत्रमा पुगेको पाइएको अनुसन्धानबाट खुल्न आएको छ। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । file Photo