संसदको वर्षे अधिवेशन आजैदेखी स्थगन गर्ने मन्त्रिपरिषद्को निर्णय

असार १८

काठमाडौं । आजको मन्त्री परिषद्को बैठकले संघीय संसदको वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ । बैठकले संघीय संसदको वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए । उनका अनुसार अधिवेशन आजै साँझ पाँच बजेदेखि स्थगन गरिने निर्णय भएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्ने प्रावधान छ । यसअघि आगामी सोमबारको लागि बऔठक डाकेको  भएपनि त्यसअघि नै स्थगन गरिन लागेको हो । बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । file Photo