सरकारलाई बहुमत पचेन, संघीयता गुम्ने खतरा – बाबुराम

असार १८,

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम बट्टाराईले नेपाल कम्युनिष्ट पार्टीलाई दुईतिहाइको बहुमत नपचेको बताएका छन् । बिहिबार सामाजिक संजालमा आफ्नो धारणा लेख्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपति विद्यदेवी भण्डारीले संसद बजेट अधिबेशन अन्त्य भएको बताएपछि यस्तो बताएका हुन् ।

उनले कसैको नाम उल्लेख नगरी कुनै कुनै प्रणीलाई घीउ पच्दैन रे ! हाम्रा कमरेडहरूलाई पनि दुइतिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ। भनेका छन् ।

भट्टराईले संसदलाई अजीर्णताले भनेका छन् । उनले सरकारको दम्बले लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा बढेको बताएका हुन् । सरकारको एकलौटी पनले संघीयता नै धरापमा पर्ने खतरा बढेको उनको भनाई छ ।