सुनको मूल्य तोलामा ७०० ले घट्यो,

असार १८,

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा रु ७०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी तेजावी सुन तोलामा ९० हजार ५६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै चाँदी तोलामा ९५० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ ।

यसअघि चाँदी बुधबार तोलामा ९६० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । file Photo