रामेछापका एक सहित २९३ जनामा कोरोना पुष्टि संक्रमितको संख्या १५७८४

असार २१,

रामेछाप । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज संक्रमित हुनेमा रामेछापका एक जना रहेका छन् ।

त्यस्तै हाल सम्म ४१.५ प्रतिशतले कोरोना भाइरसलाई जितेका छन् । सङ्क्रमित मध्ये ६ हजार पाँच सय ४७ जना निको भएर घर फर्किएकाे र ३४ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

पछिल्लो २४ घन्टामा चार हजार ५० ओटा ‘पीसीआर’ परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर नौ हजार ४२ जना ‘आइसोलेसन’मा रहेका छन् । ३३ हजार १२५ जना ‘क्वारेन्टिन’मा रहेका जनाइएको छ ।