सोमबारबाट ५० रुपैयाँको नयाँ नोट बजारमा

असार २१,
सोमबारबाट ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा आउने भएको छ। नेपाल राष्ट्र बैंकले असार २२ गतेदेखि साविककै आकार, प्रकार र रंगमा रहेको ५० रुपैयाँको नयाँ नोट बजारमा ल्याउन लागेको हो । नयाँ नोटको संकेत नम्बर ज/८९०००००१ देखि ट/३३ ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको नयाँ नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको तस्बिर छ ।