होटल तथा पर्यटन व्यावसायीको सरकारलाई ज्ञापन पत्र

रामेछाप असार २१ ।
होटल तथा पर्यटन व्यावसायीहरुले सरकारले गरेको लकडाउनका आफुहरु समस्यामा परेको भन्दै देशैभरका सबै जिल्ला प्रशासन कार्यालय मार्फत आइतबार नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन ।
होटल तथा पर्यटन व्यावसायी महासंघले घोषणा गरेको राष्ट्रिय कार्यक्रम बमोजिम रामेछाप होटल तथा पर्यटन व्यावसायी संघले पनि आइतबार रामेछापका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष शेखरमान श्रेष्ठको नेतृत्वको गएको व्यावसायीको टोलीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई सरकार समक्ष पु¥याउने १४ बुदे माग सहितको ज्ञापन पत्र बुझाएका छन ।

ज्ञापन पत्रमा घरभाडामा छुट र सहुलियतको प्रवन्ध, बत्ती र पानी, संचार महशुलमा छुट, राजश्व छुट, व्यावसायीको ऋण तिर्ने समयावधी थप, न्युन व्याजदरमा ऋणको प्रबन्ध, सहज रुपमा व्यावसाय संचालन गर्न पाउने वातावरण तयार गर्न माग गरिएको छ ।
आज व्यावसायीहरुले एकै साथ ७७ वटा जिल्ला प्रशासन कार्यलयमा मात्र सरकारलाई ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएका छन ।