जुवातास खेलिरहेको अवस्थामा २ लाख २५ हजारसहित १० जना पक्राउ

असार २२

दाङ । तास खेलि रहेको अवस्थामा १० जना पक्राउ परेका छन् । उनीहरु तुलसीपुर उपमहानगरपालिका-७ नयाँबस्तीका ३६ वर्षीय प्रेम बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनार सहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाकारी दिएको  छ।  उनीहरुको साथबाट नगद २ लाख २५ हजार रुपैयाँ र ४ गड्डी तास बतामत भएको छ ।

उनीहरुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटना सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।file Photo