नेकपा स्थायी कमिटी बैठक २४ गतेसम्मका लागि स्थगित

असार २२,

काठमाडौं । नेकान कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बठऔक पर्सी (बुधबार) सम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक पर्सि बुधबारसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापाले जानकारी दिए । पार्टीभित्र बढ्दै गएको विवाद समाधानको लागि शीर्ष नेताहरु छलफलमै रहेकाले बैठक स्थगित भएको उनले बताए ।

यसअघि अस्ति शनिबार बस्ने भनिएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । त्यसअघि बिहीबार बसेको बैठक सहमति खोज्नकै लागि भनेर शनिबार बस्ने गरी स्थगित गरिएको थियो ।

नेकपाभित्रको विवाद मिलाउन आज पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ । हिजो पनि दुई अध्यक्षबीच छलफल भएको थियो । छलफल टुंगोमा नपुगे पनि सकारात्मक बन्दै गएको नेताहरुको भनाई छ ।file Photo