नेपाल एयरलाइन्सका पाइलटसहित १४ जना कर्मचारीमा कोरोना संक्रमण : योगेश भट्टराईद्वारा दुख ब्यक्त

असार २२,जनता भ्वाइस संवाददाता, रामेछाप

काठमाडौं । नेपाल वायुसेवा निगमका १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा तीन जना पाइलट हरेका छन् भने अरु ११ जना क्याविन कुका कर्माचारी रहेको नेपाल वायुसेवा निगम स्रोतले जनाएको छ । उनीहरु सबै होटल तथा क्वारेन्टिनमा रहेको स्रोतको भनाई छ । उनीहरु कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र नेपालीलाई उद्धारका लागि विभिन्न देशमा गएकाहरु रहेका छन् ।

यसैबिच संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टारईले पाइलट र कर्मचारीका कोरोना पुष्टि भएकोमा दुख ब्यक्त गरेका छन् । मन्त्री भट्टाराईले टुवीट् गर्दै उनीहरुको कामको उच्च कदर तथा सम्मान गरेको उल्लेख गरेका छन् । साथै घटनाले आफू दुखितभएको बताएका छन् । उनले संक्रमितहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।