गोरखाका युवकमा मृत्युपछि कोरोना पुष्टि : ३६ पुग्यो मृतकको संख्या

असार २३

काठमाडौं । नेपालमा कोरोना कारण थप एक जनाको मृत्यु भएको छ । आज पाटन अस्पतालमा उपचारका क्रममा गोरखाका २६ वर्षीय युवाको मृत्यु भएको र मृत्यपछि कोरोना पुष्टि भएको हो । मृतकमा कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए।

गोरखाको भीमसेनथापा गाउँपालिका-२ तान्द्रांङका युवकलाई झुन्डिएको अवस्थामा परिवारले फेला पारेका थिए । लगत्तै परिवारले डोरी काटेर उनलाई गोरखाको एक निजी अस्पताल पुर्‍याएका थिए ।

अस्पतालले अवस्था गम्भीर रहेको भन्दै पाटन अस्पताल ‘रिफर’ गरेको थियो। उनले अहिले युवकको शव व्यवस्थापन गर्ने काम भइरहेको जनाए ।file Photo