चार जिल्ला भए कोरोना मुक्त जिल्ला, कुन कुन हेर्नुहोस्

असार २३,

काठमाडौं । नेपालका चार जिल्ला कोरोना मुक्त भएका छन् । आजको नियमित मिडिया ब्रिफिङमा ४ जिल्लामा कोरोनाका एक जना पनि बिरामी नभएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलत बताए । उनका अनुसार ‘प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्लामा कोरोना संक्रमितका एक जना पनि बिरामी छैनन् ।

यसअघि नेपालको ७७ वटै जिल्लामा कोरोनाका बिरामी भेटिएका थिए ।

त्यस्तै ५ सयभन्दा बढी संक्रमित रहेका ६ जिल्ला पुगेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार प्रदेश २ का महोत्तरी र रौतहट, ५ नम्वर प्रदेशको पाल्पा, सुदूर पश्चिमको अछाम, कैलाली र बाजुरामा ५ सयभन्दा बढी संक्रमित छन् । प्रदेश १, ३, ४ र कर्णालीका कुनै पनि जिल्लामा संक्रमितको संख्या ५ सय नाघेको छैन।

त्यस्तै रामेछापमा थप एक जना करोना संक्रमित थपिएका छन् । मंगलबार एक जना कोरोना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले बताए ।