नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो

असार २३,

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्लुङका २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

बाग्लुङको मुसिखोला ३ का २९ वर्षीय ती पुरुषको २१ गते क्वारेन्टिनमा मृत्यु भएको हो । भारतबाट क्षयरोगको उपचार गराएर फर्किएका उनको ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ जनाको मृत्यु भएको छ ।file Photo